गृहमन्त्री थापाले लिए सपथ
आइतबार, ०५ वैशाख २०७८, १८ : १०
काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार मन्त्री थापाले सपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् ।
यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो । राष्ट्रियसभा सदस्य पद गुमे सँगै उनी मन्त्री पदबाट स्वतः पदमुक्त भएका थिए ।
राष्ट्रपति भण्डारीले थापालाई आइतबार नै मन्त्री पदमा पुनः नियुक्ति गरी गृह मन्त्रालयको जिम्मेवारी तोकेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण