मे १५ भित्र बुद्ध एयरको थप एक एटीआर–७२ विमान आइपुग्ने
काठमाडौं । निजी क्षेत्रकै अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले थप एक एटीआर–७२ विमान खरिद गर्ने भएको छ । फ्रान्स र इटालीको संयुक्त उत्पादन ७२ देखि ७८ सिटे दुई इन्जिन क्षमताको टर्वोप्रोप रिजनल एयरलाइन्स (एटीआर) विमान कम्पनीले हालसालै खरिद गर्ने भएको हो ।
आइतबार थप ६ गन्तव्य अन्तर प्रदेश हवाई सेवा विस्तार सार्वजनिक कार्यक्रममा बोल्दै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले मे १५, २०२१ सम्ममा सो विमान नेपाल भित्र्याइसकिने जानकारी दिए । ‘कोरोना महामारीका कारण लामो समयसम्म उडान बन्द भयो । व्यवसाय भएन । तर, अहिले आन्तरिक पर्यटकले गर्दा हवाई क्षेत्रमा यात्रुहरूको उच्च चाप छ । यसले पनि विमानको माग बढाएको छ । सोही कुरालाई मध्यनजर गर्दै बुद्ध एयरले थप एक एटीआर–७२ विमान खरिद गर्दैछ’ उनले भने, ‘जुन विमान मे १५ भित्र नेपाल आइसक्नेछ ।’
त्यसो त हाल कम्पनीले १४ वटा विमानहरूबाट दैनिक १२८ वटासम्म उडान गरिरहेको छ । जसमा ९ वटा त एटीआर–७२ विमान नै छ । कोरोना महामारीपछि एउटा एटीआर–७२ विमान खरिद गरिसकेको कम्पनीले यही बीचमा थप अर्को एउटा विमान समेत खरिद गर्न लागेको बस्नेतले जानकारी दिए । हाल बुद्ध एयरसँग दुई वटा बीच क्राफ्ट विमान, ३ वटा एटीआर–४२ विमान र ९ वटा एटीआर–७२ विमान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी