जापानद्वारा फाइजरलाई थप खोप आपूर्तिको लागि आग्रह
एजेन्सी । जापानी प्रधानमन्त्री योशीहिडे सुगाले अमेरिकी औषधि निर्माता फाइजरलाई कोभिड–१९ खोपको थप आपूर्तिको लागि अन्य देशहरुभन्दा पछाडि पर्ने खोपको गतिलाई थप आग्रह गरेका छन् । व्हाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग कुराकानी गरेपछि सुगाले शनिबार आफ्नो वासिङ्टनको भ्रमणलाई फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बाउलासँगको फोन वार्तासँग अन्त्य गरेका हुन् ।
जापानका अधिकारीहरूले आइतबार जनाएअनुसार सुगाले बाउलालाई खोपको थप आपूर्तिको लागि अनुरोध गरेका थिए । जापानले खोपको आपूर्तिमा कुनै समस्या नआएमा आगामी सेप्टेम्बरसम्ममा खोप लगाउन योग्य नागरिकहरूमा खोप पुर्याउने बताएका थिए । उक्त अवसरमा प्रधानमन्त्री सुगाले खोपको निरन्तर र स्थिर वितरण सुनिश्चित गर्न आग्रह गरेको उल्लेख छ ।
अधिकारीहरूका अनुसार बाउलाले सुगासँग यस बिषयमा फाइजरले जापानी अधिकारीसँग छलफल गर्ने बताउनुभएको बुझिएको छ ।
घरेलु खोप विकास अझै प्रारम्भिक चरणमा रहेको जापानमा खोपका लागि सहयोगी मुलुकबाट हुने आयातमा निर्भर हुनुपर्दछ र आर्थिक रूपमा शक्तिशाली मानिने यस मुलुकले फाइजर, एस्ट्राजेनेका र मोडर्नासँग सम्झौतामा हस्ताक्षर गरिसकेको छ । जापानले अहिलेसम्म फाइजरको खोप प्रयोगका लागि स्वीकृत गरिसकेको छ ।
जापानको सरकारले ३१ करोड ४० लाख मात्रा आपूर्तिका लागि विभिन्न खोप निर्माण कम्पनीसँग सम्झौता गरेको छ भने फाइजरसँगबाट मात्र १४ करोड ४० लाख मात्रा खोप लिने सहमति भएको छ ।
हालसालै कोभिडका घटनाहरूमा देखिएको वृद्धिको कारण सरकारले टोकियो र नौ अन्य सहरी क्षेत्रहरूको लागि सतर्कताको स्थिति जारी गरेको छ । जापानले महामारी सुरू भएपछि हालसम्म कूल पाँच लाख २५ हजार २१८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ भने जापानमा कूल नौ हजार ५८४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण