भिसा नवीकरणका लागि अमेरिकी दूतावासको छुटैछुट
काठमाडौं । अमेरिकाको मल्टिपल भिसा लिएर बसेका वा सकिएका नागरिकलाई भिसा नवीकरण गर्नका लागि बिना अन्तरवार्ता नै कागजात पठाउन सक्ने भएको छ । अमेरिकी दूतावासले केही समय अगाडि जारी गरेको सूचना अनुसार अमेरिकाको मल्टिपल भिसा लिएर बसेका तर भिसाको समय सकिएकाहरुले भिसा सकिएको ४८ महिनासम्म पनि बिना अन्तरवार्ता नै भिसा नवीकरणका लागि आवेदन दिन सक्ने भएका हुन् ।
कोभिड १९ को माहामारीका कारण कतिपय नागरिकले भिसा नवीकरणका लागि आवेदन दिन पाएका छैनन् भने कतिपयले आवेदन दिएर पनि अन्तरवार्ता दिन पाएका छैनन् । ती नागरिकहरूका लागि अमेरिकी दूतावासले ४८ महिनासम्म भिसा फेल भएकाहरुले आवेदन दिन सक्नेगरी सूचना जारी गरेको हो ।
कोभिड १९ भन्दा अगाडि अमेरिकाको मल्टिपल भिसा लिएका तर भिसा सकिएकाहरुले भिसा सकिएको १२ महिना अर्थात् १ वर्षभित्रै ड्रप बक्समार्फत भिसाका लागि आवेदन दिन सक्ने थिए । १ वर्षभित्र नवीकरणका लागि आवेदन दिनेले अन्तरवार्ता दिनु पर्दैनथ्यो । तर त्यो भन्दा पछाडि आवेदन दिनेले पुनः अन्तरवार्ता दिनुपथ्र्यो ।
तर अब भने भिसा सकिएको ४८ महिनासम्मका सबैले ड्रप बक्समार्फत आवेदन दिई नवीकरणका लागि कागजात बुझाउन सक्नेछन् । त्यसरी आवेदन दिने अन्तिम मिति २०२१ को डिसेम्बर ३१ तोकिएको छ । त्यस्तै यसअघि नवीकरणका लागि ड्रप बक्समार्फत कागजात पठाई भिसा शुल्क तिरेकाहरूले पनि सोही शुल्कमा २०२२ को सेप्टेम्बर ३० सम्म आवेदन दिन सक्नेछन् । त्यसरी छुटेका आवेदकहरुलाई उक्त समयसम्ममा अपोइमेण्ट लिँदा भिसा शुल्कमा अतिरिक्त शुल्क लाग्ने छैन ।
नेपालमा अमेरिकी दूतावासको ड्रप बक्सको काम दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकले गर्ने गरेको छ । इन्भेष्टमेन्ट बैंकमा भिसा शुल्क वापत १९ हजार २०० रुपैयाँसहित कागजात र पासपोर्ट बुझाएपछि अपोइमेण्टको समय पाउने गर्दछन् । अहिले पनि सोही माध्यमबाट नवीकरणका लागि आवेदन दिन सकिने व्यवस्था दूतावासले गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण