चर्चामा कंगनाको ‘१० हजार डलर’ को पर्स
मङ्गलबार, ०७ वैशाख २०७८, १० : २०
बलिउडकी अभिनेत्री कंगना रनौतले सोमबार सामाजिक सञ्जालमा सेतो सारी लगाएको तस्बिर सार्वजनिक गरिन् । उनको यो तस्बिर भाइरल भयो । उनको तस्बिरसँगै उनको ‘१० हजार डलर’ को पर्स पनि चर्चामा आयो ।
उनको पर्समा ‘१० हजार डलर’ लेखिएको छ । तर उनको पर्सको मूल्य भने निकै कम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको उक्त पर्सको मूल्य ७५०० रुपियाँ (भारतीय रुपियाँ) रहेको जनाइएको छ ।
सेतो सारीमा सुनौलो रङको बोर्डर भएको सारी लगाएकी कंगनाको ब्लाउज भने ब्याकलेस रहेको छ ।
कंगना यतिबेला ‘थलाइवी’ फिल्मको प्रमोशनमा व्यस्त छिन् । उनले यो फिल्म अप्रिल २३ मा रिलीज हुँदैछ । फिल्म तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको जीवनमा आधारित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण