सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु
काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदैछ । रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिने तयारी गरिएको छ । रथयात्रा भने आज बेलुकी ६ बजेबाट शुरु हुनेछ । रथयात्राको पहिलो दिन सेतो मच्छिन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ ।
असनमा पुर्याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । मच्छिन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहालमा पुर्याएपछि अन्त्य गरिन्छ ।
सेतो मच्छिन्द्रनाथको रथलाई नागराजको प्रतिक मानिन्छ । प्रत्येक वर्या रथयात्रा निकालेपछि वर्ष हुने धार्मिक विश्वास पनि रहेको छ । कोरोना संक्रमण फैलिन नदिन सुरक्षाको सावधानी अपनाउनका लागि जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउने, रथ भन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूहलाई हिँडाउने र एकदिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण