मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु

मङ्गलबार, ०७ वैशाख २०७८, १३ : ५९
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिमको बाबजुद पनि वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार (आज)बाट सुरु हुँदैछ । रथयात्राका लागि दिउँसो चार बजे काठमाडौंको केलटोलबाट देवताको रथ दरबारमार्गस्थित तीनधारा पाठशाला अघि लगिने तयारी गरिएको छ । रथयात्रा भने आज बेलुकी ६ बजेबाट शुरु हुनेछ । रथयात्राको पहिलो दिन सेतो मच्छिन्द्रनाथको रथलाई भोटाहिटी हुँदै असनमा लगि राखिनेछ ।

असनमा पुर्याइएपछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । मच्छिन्द्रनाथको रथलाई दरबारमार्गबाट असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहालमा पुर्याएपछि अन्त्य गरिन्छ ।
सेतो मच्छिन्द्रनाथको रथलाई नागराजको प्रतिक मानिन्छ । प्रत्येक वर्या रथयात्रा निकालेपछि वर्ष हुने धार्मिक विश्वास पनि रहेको छ । कोरोना संक्रमण फैलिन नदिन सुरक्षाको सावधानी अपनाउनका लागि जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउने, रथ भन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूहलाई हिँडाउने र एकदिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप