‘ग्ल्यामर लुक्स’ ले पनि बलिउडमा टिकेनन् यी अभिनेत्री
फिल्म क्षेत्रमा ‘ग्ल्यामर लुक्स’ ले निकै ठूलो भूमिका दिन्छ । ग्ल्यामरले विशेषगरी अभिनेत्रीहरुलाई फिल्म क्षेत्रमा टिकाइराख्ने विश्वास गरिन्छ ।
तर, बलिउडका केही अभिनेत्रीहरु जसले ‘बोल्ड लुक्स’ दिएर पनि फिल्म क्षेत्रमा आफ्नो करियर स्थापित गर्न सकेनन् ।
अमिषा पटेल
यो सूचीमा सबैभन्दा पहिलो नाम अमिषा पटेलको आउँछ । उनले ‘कहो न प्यार’ जस्ता थुप्रै सुपरहिट फिल्म दिएकी छन् । तर उनको ‘बोल्डनेस’ ले उनलाई लामो समय फिल्म क्षेत्रमा टिकाउन सकेन । उनी आजभोलि फिल्म क्षेत्रबाट टाढा रहेकी छन् ।
रिमी सेन
रिमीले ‘हंगा’ फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनले थुप्रै सुपरहिट फिल्ममा समेत काम गरिन् । उनले फिल्ममा रोमान्टिक सीन दिएर पनि फिल्म क्षेत्रमा लामो समय टिक्न सकिनन् ।
शमिता शेट्टी
‘मोहब्बतें’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी शमिता शिल्पा शेट्टी सानी बहिनी हुन् । उनले जति नै बोल्ड लुक्स दिएपनि उनीपनि फिल्म क्षेत्रमा लामो समय टिक्न सकिनन् ।

किम शर्मा
यी अभिनेत्री पनि आफ्नो समयकी सबैभन्दा ‘हट’ र ‘बोल्ड’ अभिनेत्रीको रुपमा परिचित थिइन् । उनी व्यक्तिगत जीवनका कारण निकै चर्चामा रहिन् । तर, फिल्ममा भने उनलाई टिक्न गाह्रो भयो ।
कोयना मित्रा
फिल्मका सुरुवाती दिनहरु ‘आइटम’ गीतमा देखिएकी मित्राले फिल्ममा भने स्थान बनाउन सकिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण