बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

डेब्युपछि लगातार तेस्रो अर्धशतकसहित कुशलले बनाए विश्व कीर्तिमान

मङ्गलबार, ०७ वैशाख २०७८, १४ : २२
मङ्गलबार, ०७ वैशाख २०७८

काठमाडौं । नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्वकीर्तिमान कायम गरेका छन् । कुशलले मंगलबार नेदरल्याण्डविरुद्धको खेलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ रन बनाएका थिए । 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ४१ बलमा ६ चौका र एक छक्काको मद्दतले ५२ रन बनाएर खेलिरहेका छन् ।  टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म डेब्यु ब्याट्सम्यानहरुले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्न सकेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप