बालुवाटारमै स्वास्थ्य मापदण्ड उलंघन भएको प्रति माओवादीको आपत्ति
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमै स्वास्थ्य मापदण्ड उलंघन भएको प्रति आपत्ति जनाएको छ । सो पार्टीको मंगलबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणलाई लागू गर्न आग्रह गरेको छ ।
सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापन प्रति गम्भिर नभएको भन्दै बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणहरूलाई लागू गर्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘अहिले देशमा फेरि कोभिड–१९ को दोस्रो लहरले तिव्र रुप लिन थालेको छ । यस सन्दर्भमा हाम्रो पार्टीले आफ्नो सम्पूर्ण पार्टीका नेता, कार्यकताहरुलाई सहजीकरण र सहयोगका कामहरुमा संलग्न भएर संक्रमणबाट बच्न र सिङ्गो समाजलाई संक्रमणबाट बचाउन वा संक्रमितहरुलाई सहयोग गर्न निर्देशित गरेको छ । यस सन्दर्भमा सरकारले आफैले गरेको निर्णयहरूको विरुद्ध आचरण गरेकोमा सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भिर नभएका कुराका निम्ति हामीले दुःख पनि प्रकट गरेका छौँ । आफैले घोषणा गरेका सम्पूूर्ण आचरणहरूलाई लागू गर्न सरकारलाई हामीले आव्हान पनि गरेका छौँ ।’
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा २५ जना भन्दा बढी भेला हुन नपाउने आफ्नै मापदण्डलाई श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ का नाममा प्रधानमन्त्री केपी ओलीले उलंघन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
