भारतबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण, निर्मलनिवासमै सेल्फ आइसोलेसनमा
मङ्गलबार, ०७ वैशाख २०७८, २१ : २०

भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहमा कोरोना पोजेटिभ देखिएको छ ।
भारतबाट फर्केपछि कोभिड-१९ पीसीआर जाँच गर्दा दुबैमा कोरोना पोजेटिभ देखिएको पूर्वराजाका निजी सहयोगी फणि पाठकले बताए ।
पाठकले भने ‘भारत भ्रमणबाट नेपाल फर्किबक्सेपछि कोभिड पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मलनिवासमा सेल्फ आइसोलेसनमा राज होइबक्सेको छ ।’
भारतमा कोरोनाको जोखिम दिनानुदिन बढिरहेको छ । पूर्वराजपरिवार पनि धार्मिक समारोहमा सरिक हुने क्रममा ठूलो भीडभाडमा सहभागी भएका थिए ।
निर्मल निवास स्रोतका अनुसार यसबीचमा पूर्व राजपरिवारको साथमा रहेका अरुको पनि पीसीआर जाँच गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि