ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, ०८ वैशाख २०७८, १२ : ४८
झापा । पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटी रहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले मङ्गलबार राति ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवारी सोही स्थानका २२ वर्षीय सागर लिम्बु घाइते भएका छन् । उनको मनकामना अस्पताल चारआलीमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका–२ का ५६ वर्षीय सुमन दनुवारलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण