एमसीसीसँगै चर्चामा सापकोटाको द्वन्द्वकालीन मुद्दा, आज हेर्न नभ्याइने
काठमाडौँ । अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पारित गर्ने बारे प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच द्वन्द्व चर्किरहेको बेला सर्वोच्चमा रहेको सापकोटाको द्वन्द्वकालीन मुद्दा पनि पुनः एकपटक चर्चामा आएको छ । राजनीति मोडमा रहेको बेला सापकोटाको मुद्दाले पुनः चर्चा पाउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ ।
गत साता आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिकरुपमा नै एमसीसी पास गर्न ‘अवरोध खडा’ गरेको भन्दै सभामुख सापकोटाको आलोचना गरेका थिए । प्रधानमन्त्रीको आलोचनापछि सापकोटाले पनि त्यसको सार्वजनिक मञ्चबाट नै प्रतिवाद गरेका थिए ।
त्यसपछि सरकारले सभामुखसँग सल्लाह नै नगरी संसद्को अधिवेशन अन्त्य गरेको थियो । एमसीसीबारे कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्व चर्किरहेको बेला सापकोटाको मुद्दा यतिबेला चर्चामा छ ।
सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको थियो । तर पटक-पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको सो मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । संवैधानिक इजलासमा राणासँगै न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
सापकोटामाथि माओवादी आन्दोलनका बेला मारिएका काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप छ । सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


