बेलायतमा कोरोनाबाट २२ को मृत्यु, ४ करोड ३९ लाख बढी खोप वितरण
लन्डन । बेलायतमा २४ घन्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । पछिल्लो एक सातामा बेलायतमा कोरोनाका कारण १६८ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साताको तुलनामा यो साता मृतक संख्यामा २८.२ प्रतिशतले कमि आएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ३२७ पुगेको छ । तर, मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या एक लाख ५० हजार ८४१ पुगेको छ ।
यसैगरी बेलायतमा बितेको २४ घन्टामा दुई हजार ३ सय ९६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ९५ हजार ७०३ पुगेको छ । एक सातामा १७ हजार २३९ जना नयाँ संक्रमित थपिएका छन् । एक साताभित्र संक्रमित संख्यामा पनि ९.४ प्रतिशतले ह्रास आएको छ ।
बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख १ हजार ६४२ छ भने ४१ लाख ६६ हजार ७३४ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।
अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि कमि आएको छ । बुधबार सार्वजनिक तथ्याँक अनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ३०० मा झरेको छ ।
त्यस्तै, पछिल्लो तथ्यांक अनुसार १९२ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या दुई हजार ४ रहेको छ ।
४ करोड ३९ लाख बढी खोप वितरण
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ३९ लाख १५ हजार ५५९ डोज खोप वितरण भएको छ ।
तीन करोड ३१ लाख ३९ हजार ७४२ जनाले खोपको पहिलो र एक करोड ७ लाख ७५ हजार ८१७ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण