आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा

आइतबार, ३१ जेठ २०८३, २२ : ०९
आइतबार, ३१ जेठ २०८३

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानबिच भएको कुनै पनि सम्झौताले ११ वर्षअघिको बृहत् आणविक सम्झौताभन्दा ‘उल्लेखनीय सुधार’ हुने अपेक्षा गर्नु अव्यवहारिक भएको बताएका छन् ।

एबीसी न्यूजको टक शो ‘दिस विक’ मा आइतबार जारी गरिएको अन्तर्वातार्को अंशमा पूर्व राष्ट्रपतिले पूर्ण युद्धबाट बच्नको लागि वाशिङ्गटनको चाहनाभन्दा कम हुने सम्झौताको लागि भएपनि वार्ता गर्नु राम्रो हुने सुझाव दिए ।

सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतालाई उद्धृत गर्दै पूर्व राष्ट्रपति ओबामाले भने, “हामीलाई यो आशङ्का छ कि कुनै पनि सम्झौता हामीबीच भएको सम्झौताभन्दा धेरै फरक हुनेछैन वा उल्लेखनीय सुधार हुनेछैन ।”

उनले भने, “आफ्नो राष्ट्रपति कालमा भएको सम्झौताले पहिले पनि लामो समयसम्म काम गरेको थियो । संयुक्त राज्य अमेरिका यसबाट बाहिर निस्क्यो ।” स्मरण रहोस्, अमेरिकाको नेतृत्वमा विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौता अमेरिकी हितमा नरहेको भन्दै राष्ट्रपति ट्रम्पले उहाँको पहिलो कार्यकालमा अमेरिका यसबाट पछि हटेको घोषणा गरेका थिए । त्यसपछि इरानले पनि सम्झौताको एउटा पक्ष यसबाट फिर्ता भएको भन्दै यसलाई मानिराख्न आफूहरू बाध्य नहुने दावी गर्दै क्रमशः यसबाट फिर्ता भएको थियो । सम्झौताले इरानले युरेनियम संवर्धन नगर्ने सर्तमा उसमाथि लगाइएका अमेरिकी आर्थिक नाकाबन्धीलाई केही खुकुलो पार्ने सहमति भएको थियो ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायली सेनाले इरानविरुद्ध आक्रमण गरेपछि मध्यपूर्व युद्ध सुरु भएको र महिनौँदेखि राष्ट्रपति ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।

ट्रम्पले यो सम्झौताले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमतालाई सदाका लागि रोक्ने र नाकाबन्दी गरिएको स्ट्रेट अफ हर्मुजलाई तुरुन्त खोल्ने कुरामा जोड दिएका छन् । तेहरानले अहिलेसम्म सम्झौतामा हस्ताक्षर गर्ने पुष्टि गरेको छैन र आइतबार इजरायलले लेबनानमा गरेको आक्रमणपछि इरानले अहिलेका लागि अमेरिकासँग शान्ति वार्ताको कुनै अर्थ नभएको बताएको छ ।

ओबामाले भने, “अमेरिका–इरान नयाँ सम्झौताको सुस्त प्रगतिले व्यापक कूटनीतिमा संलग्न हुनुको साटो वासिङ्टनले ‘हाम्रो बाटोलाई धम्क्याउन वा समाधानको लागि हाम्रो मार्गमा बमबारी’ गर्न सक्दैन भन्ने कुराको दृष्टान्त दिलाउँछ ।”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप