रोमाञ्चक म्याचमा चेन्नईसँग कोलकाता पराजित
मुम्बई । आइपिएल अन्तर्गत बुधबार चेन्नई सुपर किङ्ग्ससँग कोलकाता नाइट राइडर्स १८ रनले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको कोलकाताले २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाउँदै २०२ रन बनाएको हो ।
कोलकाताका लागि सुरुवात राम्रो रहेन । ३१ रनमै कोलकाताको आधा टीम पवेलियन फर्किएको थियो । तर दिनेश कार्तिक र आन्द्रे रसेलले कोलकातालाई खेलमा जीवितै राखेका थिए । रसेलले २१ बलमै अर्धशतक पूरा गरेका थिए । उनले तीन चौका र ६ छक्काको मद्दतले ५४ रन बनाए । यस्तै कार्तिकले ४० रन बनाए ।
यस अतिरिक्त पाट कमिन्सले शानदार पारी खेल्दै ६६ रन बनाए । उनले अन्तिमसम्म नै जितको सम्भावनालाई जीवित राखे पनि पुछारका ब्याट्सम्यानले साथ नदिएपछि कोलकाता पराजित हुन पुगेको हो । पुछारका चार ब्याट्सम्यानले रनको खाता नै खोल्न सकेनन् ।
यसअघि टस जितेको कोलकाताले पहिला फिल्डिङ रोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको चेन्नईले प्रारम्भिक ब्याट्सम्यानद्वय ऋतुराज गायकवाड र फाफ डुप्लेसिसको शतकीय साझेदारीको मद्दतमा २२० रनको योगफल तयार पारेको थियो ।
कोलकाताविरुद्धको जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण