युके एशियन फिल्म फेस्टिभलमा ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने
२६ मेईदेखि सुरु हुने युके एशियन फिल्म फेस्टिभलमा आदिल हुसैन स्टारर ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने भएको छ । अभिनेता आदिलले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएका हुन् ।
निर्देशक गौतम घोष र अभिनेत्री तिलोत्तमा शोमलाई ट्याग गर्दै उनले लेखेका छन्,‘यो घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ कि हाम्रो फिल्मले २६ मेइमा हुने २३ औं युके एशियाली फिल्म महोत्सवको उद्घाटन गर्नेछ ।
इन्काउन्टरपछि आर्थिक मौका खोजिरहेका दुई व्यक्तिका विषयमा फिल्मको कथा केन्द्रीत छ । आदिलले ‘मुक्ती भवन’, ‘लाइफ अफ पाई’, ‘द रिलेटेन्ट फन्डामेटलिस्ट’, ‘इंलिस विंग्लिस’लगायत फिल्ममा आफ्नो उत्कृष्ट अभिनय देखाइसकेका छन् । भर्खरैमात्र उनी ओटीटीमार्फत रिलिज भएको फिल्म ‘द इलिगल’ मा देखिएका थिए । तिलोत्तममाले ‘मनसुन वेडिंग्स्’, ‘किस्सा’, ए डेथ इन द गुन्ज, हिन्दी मिडियमलगायत फिल्ममा आफ्नो दमदार भूमिकाहरुमार्फत पहिचान बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण