बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायी कमिटी पुनर्गठनबारे झलनाथको टिप्पणी– भारदारी सभाको निर्णय सुनेर मज्जाले हाँसेँ !

शुक्रबार, १० वैशाख २०७८, १४ : २२
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । बालुवाटारमा शुक्रबार आयोजित नेकपा एमाले महाधिवेशन आयोजक समितिको बैठकलाई पार्टीका बरिष्ठ नेता झलनाथ खनालले ‘भारदारी सभा’ को संज्ञा दिएका छन् । महाधिवेशन आयोजक समिति गठन गरिसकेपछि फेरि अध्यक्ष ओली आफैंले स्थायी कमिटीको पुनर्गठन गरेको खबर सुनेपछि खनालको प्रतिक्रिया छ, ‘भारदारी सभाको निर्णय सुनेर म मज्जाले हाँसे ।’

महाधिवेशन आयोजक समितिको बैठकले आफूहरुलाई एकताविरोधी भनेर आरोप लगाएकोमा पनि खनालले आपत्ति जनाए । पार्टीको एकता भाँड्ने काम स्वयं केपी ओलीले नै गरिरहेको बताउँदै खनालले केपी ओलीकै कारण नेकपाभित्र अहिलेको सङ्कटपूर्ण अवस्था आएको रातोपाटीलाई बताए ।  यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप