बागमती प्रदेशमा बलात्कार बढ्यो, ज्यान मुद्दा घट्यो
काठमाडौं । बागमती प्रदेशका उपत्यका बाहेक १० जिल्लामा बलात्कार बढेको छ । पछिल्लो एक वर्षमा बलात्कारका बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ०७७ मा बलात्कार, ज्यान मार्ने उद्योग र बोक्सीको आरोप लगाउने जस्ता अपराध बढेको छ ।
०७५ मा प्रदेशका प्रहरी युनिटमा २ सय ३६ बलात्कारका घटना दर्ता भएको थियो । सो संख्या ०७६ मा बढेर २ सय ४८ पुगेको थियो । ०७७ मा बलात्कार बढेर ३ सय ७ पुगेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ज्यान मार्ने उद्योग बढेको छ । ०७५ मा १०६ वटा ज्यान मार्ने उद्योगका घटना दर्ता भएका थिए । ०७६ मा ९२ वटा घटना भएका थिए । सो संख्या बढेर ०७७ मा ११० पुगेको छ ।
०७७ मा १२ वटा बोक्सीका आरोपका घटना दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ०७६ मा बोक्सीको आरोपको घटना एउटा मात्रै थियो । ०७५ मा बोक्सीको आरोप लगाएको कसुरमा ७ वटा मुद्दा दर्ता भएका थिए ।
पछिल्लो वर्ष ज्यान मुद्दा, आत्महत्या दुरुत्साहन, संगठित अपराध र बलात्कार उद्योगका अपराध चाहिँ घटेका छन् । ०७५ मा ६७ वटा ज्यान मुद्दा दर्ता भएको थियो । ०७६ मा सो संख्या बढेर ७० पुग्यो । यसवर्ष प्रदेशभरका प्रहरी युनिटमा ६५ वटा ज्यानमुद्दा दर्ता भएको बागमती प्रदेशका डीआईजी बसन्त लामाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण