जापानमा फेरि सङ्कटकाल घोषणा
एजेन्सी । जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिँदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो ।
एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङ्कटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागू हुनेछ । महामारी थप फैलिन नदिने उद्देश्यले सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
जापानमा विशेष महत्वका साथ मनाइने “गोल्डेन विक होलिडेज” नजिकिँदै गरेकाले त्यतिबेला झन् कोरोना फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ । बार तथा रेस्टुरेन्टहरुलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने व्यवसायीक ठूला ठूला प्रतिष्ठानहरु पनि बन्द गर्न लगाइएको छ ।
सङ्कटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ । कोरोनाभाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन् । विषेश गरेर भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण