जनकपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
जनकपुर । धनुषामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौना बस्ने २६ वर्षीय सुनिल शर्मा र २० वर्षीय भोला महतोको मृत्यु भएको हो ।
तीव्रगतिमा रहेको प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरमा प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै युवकलाई उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा एक जनाको बाटोमा र अर्का एकजनाको जानकी हेल्थ केयरमा मृत्यु भएको प्रहरी निरीक्षक सुवेदीले बताए ।
दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलको पछाडि बसेका २५ वर्षीय सन्तोष महतो भने गम्भीर घाइते भएका छन् । उनको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको धनुषा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण