ओस्कर २०२१ः नोमेडल्याण्ड उत्कृष्ट फिल्म, क्लोइ चाओ उत्कृष्ट निर्देशक
यस वर्षको ओस्कर फिल्म पुरस्कारमा फिल्म नोमेडल्याण्डले तीन ठूला उपाधि बाजी मारेको छ । यसले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको अवार्ड हात पारेको छ ।
नोमेडल्याण्डका लागि महिला फिल्म निर्देशक क्लोइ चाओले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार आफ्नो पोल्टोमा पार्न सफल भएकी छिन् । ओस्कर पुरस्कारको ९३ वर्षको इतिहासमा यो अवार्ड जित्ने उनी दोस्री महिला हुन् ।
नोमेडल्याण्डका लागि अभिनेत्री फ्रान्सिस मेक्डोरमेन्डलाई उत्कृष्ट नायिकाको पुरस्कार प्रदान गरिएको छ ।
प्रख्यात अभिनेता एन्थोनी हपकिन्सले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । उनी यो पुरस्कार हासिल गर्ने हालसम्मका सबैभन्दा उमेरदार अभिनेता हुन् । ८३ वर्षीय बेलायती अभिनेतालाई फिल्म ‘द फादर’ का लागि यो पुरस्कार प्रदान गरिएको हो ।
सर्वश्रेष्ठ निर्देशकको पुरस्कार स्वीकार गर्दै क्लोई चाओले भनिन्, ‘मैले यो दुनियाँमा जहाँ पनि जतिलाई भेटेको छु, उनीहरुमा सकारात्मक पक्ष नै पाएँ । यो अवार्ड उनीहरुका लागि हो जो राम्रो बन्नमा विश्वास राख्छन् र यस्तो बनिरहने साहस जोसँग छ, चाहे त्यो जति नै मुश्किल किन नहोस् । यो अवार्ड तपाईंहरु सबैका लागि हो – तपाईंहरुले मलाई प्रेरणा दिनुहुन्छ ।’
कोरोना महामारीबीच संसारका सबैभन्दा प्रतिष्ठित फिल्म समारोह ओस्करको आयोजना अमेरिकाको लस एन्जेलिसमा दुई स्थानमा – डल्बी थिएटर र युनियन स्टेशन– मा आयोजना गरिएको छ । सन् २००१ देखि ओस्कर पुरस्कारको आयोजना डल्बी थिएटरमा हुँदै आएको थियो ।
It's official! #Oscars pic.twitter.com/EjlbzePvqR
— The Academy (@TheAcademy) April 26, 2021
साथै, बेलायतका कलाकारका लागि लण्डनमा पनि एक स्थान निश्चित गरिएको छ र पेरिसमा पनि एउटा हब बनाइएको छ । यो वर्ष महामारीका बावजूद आयोजकले भर्चुअल आयोजना नगर्ने निर्णय गरेका छन् ।
यो वर्ष उत्कृष्ट फिल्मका लागि द फादर, जुडाज एन्ड ब्ल्याक मेसिहा, मेन्क। मिनारी, नोमेडल्याण्ड, प्रमिसिङ यंग वुमन, साउन्ड अफ मेटल र द ट्रायल अफ शिकागो सेभेनले नोमिनेशन पाएको थियो ।
उत्कृष्ट नायिकाका लागि यस वर्ष मा रेनिज ब्ल्याक बटम फिल्मबाट विओला डेविसलाई, यूनाइटेड स्टेट्स भर्सेस बिली हलिडेका लागि एन्ड्रा डेलाई, पीस अफ वुमनका लागि वेनेसा किर्बीलाई, नोमाडल्याण्डबाट फ्रान्सेस मेकडोरमेन्डलाई र प्रमिसिङ वुमन्सबाट केरी मिलिगनलाई आफ्नो उत्कृष्ट अभिनयका लागि नोमिनेसन पाएका थिए ।
यस्तै, उत्कृष्ट नायकका लागि साउन्ड अफ मेटल फिल्मबाट रिज अहमद, माँ रेनिज ब्ल्याक बोटल फिल्मबाट चेडविक बोसम्यान, द फादर फिल्मबाट एन्थनी होपकिन्स, म्याकबाट गेरी गोल्डम्यान र मिनारी फिल्मबाट स्टील येउनलाई नोमिनेट गरिएको थियो ।
पाकिस्तानमा जन्मिएका बेलायती नायक रिज अहमद यस्तो पहिलो मुसलमान अभिनेता हुन् जसलाई ओस्करमा उत्कृष्ट मुख्य अभिनेताका लागि नोमिनेट गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण