वैशाख २१ देखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला हुने
मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।
जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ का स्थानीयलाई छुट्याइएको छ ।
यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा जेठ २० गतेसम्म भर्न सक्नेछ । प्रतिकित्ता सयका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ४ सय कित्तासम्म आवेदन दिन सकिनेछ । केयर रेटिङ नेपालले यो आईपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यस आधारमा मध्ये भोटेकोशीले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।
कम्पनीले यसअघि २ चरण गरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई सेयर बिक्री खुला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण