शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाको दोस्रो लहरमा यो समस्या सबैभन्दा धेरै, थाहा पाउनुस् कहिले जाने अस्पताल

सोमबार, १३ वैशाख २०७८, १३ : ०५
सोमबार, १३ वैशाख २०७८

कोरोनाको कहर दिनानुदिन बढ्दो छ । बिरामीको बढ्दो समस्याका बीच अस्पतालमा आइसीयू बेड र अक्सिजनको कमी पनि चिन्ताको ठूलो विषय हो । डबल म्यूटेन्ट भेरियन्टमा साससँग जोडिएका समस्या धेरै देखिएका छन् । यद्यपि, भारतका एम्सका निर्देशक डा. रणदीप गुलेरियाले सबै बिरामीलाई अक्सिजन थेरेपी दिन आवश्यकता नभएको बताएका छन् । त्यसैले अक्सिजन स्याचुरेसनका साथै बिरामी कहिले अस्पताल जानुपर्छ भन्नेबारे जानकारी लिन आवश्यक छ ।

के हो अक्सिजन स्याचुरेशन ?

अक्सिजन स्याचुरेशन फोक्सो र विभिन्न अंगसम्म जाने रगतको अक्सिजेनेटेड हिमोग्लोबिनको स्तर हो जसले प्रतिशतमा पत्ता लगाउने काम गर्छ । यसले शरीरको क्रियाकलापलाई राम्रोसँग चलाउन मद्दत गर्छ । रिडिङमा यसको ९४ भन्दा बढी स्तर खतराभन्दा बाहिर हुनुको संकेत हो । डाक्टरका अनुसार कोरोना हुँदा शरीरमा अक्सिजनको मात्रामा तीब्र कमी आउन सक्छ ।

विज्ञका अनुसार SpO2  लेभल ९४ देखि १०० को बीच हुनु हामी स्वस्थ हुनुको संकेत हो । ९४ भन्दा तल हुँदा यो हाइपोक्सेमियालाई ट्रिगर गर्न सक्छ । यसमा विभिन्न प्रकारको समस्या हुन्छन् । यदि अक्सिजेनेटेड हिमोग्लोबिनको स्तर लगातार ९० भन्दा मुनी गइरहेको छ भने यो खतराको घण्टी हो । तपाईंलाई तुरुन्त मेडिकल सहायताको आवश्यकता पर्नेछ ।

इन्टेन्सिव अक्सिजन सपोर्टः

सास फुल्नु, छाती दुख्नु वा सास फेर्न समस्या हुनु शरीरमा अक्सिजन प्रभावित हुनुको संकेत हो । केही बिरामीमा अक्सिजन लेभल अचानक खस्कँदा रेस्पिरेटरी इन्फेक्सनको खतरा हुनसक्छ र विभिन्न अंगको नियमित काम कारवाहीमा पनि नकारात्मक असर पर्नसक्छ । शरीरमा अक्सिजनको कमी र सास फेर्दा हुने समस्यालाई एक तरिकाले प्रभावकारी ढङ्गले रोक्न सकिन्छ । स्थिति असाध्यै नाजुक भएमात्रै बिरामी अस्पताल जानुपर्छ ।

९१ भन्दा तल अक्सिजनः

यदि शरीरमा अक्सिजन ९५ भन्दा माथि छ भने डराउनु पर्ने कुरा छैन । यदि अक्सिजनको स्तर ९१–९४ को बीचमा छ भने यसलाई निरन्तर मोनिटर गर्न आवश्यक  छ । तर यदि अक्सिजन स्तर १–२ घण्टासम्म लगातार ९१ भन्दा मुनी आइरहेको छ भने तपाईंलाई तुरुन्त मेडिकल सहायताको आवश्यकता पर्छ ।

अनुहार र ओठको रङः

कोरोनाभाइरसको साधारण लक्षणको विषयमा लगभग सबै मानिसहरु जागरुक छन् तर यसमा यस्ता लुकेका लक्षण पनि छन् जसलाई मानिसहरुले याद गरेका हुँदैनन् । ओठ निलो हुनु र अनुहारको रङ अचानक उड्नु पनि कोरोनाको लक्षणमा पर्छन् । छाला र ओठ अचानक निलो हुनु स्यानोसिसको पहिचान हो । रगतमा अक्सिजनको कमी हुँदा यस्तो समस्या देखिन्छ । हेल्दी अक्सीजेनेटेड ब्लडबाट हाम्रो छालाले रातो वा गुलाबी ग्लो पाउँछ, त्यसैले अक्सीजन कम हुँदा यस्ता लक्षण देखिन्छन् ।

छाती वा फोक्सोमा पीडाः

कोरोनाका बिरामीमा अक्सिजनको लेभल अचानक खस्कनु खतरनाक हुनसक्छ । यतिबेला यदि तपाईंलाई छाती दुख्छ, सास फेर्न समस्या हुन्छ, छातीमा दबाब महसुस हुन्छ, लगातार खोकी लाग्छ, बेचैनी र असाध्यै टाउको दुख्छ भने तपाईंलाई डाक्टरको मद्दतको आवश्यकता पर्छ । यस्तो स्थितिमा अस्पताल भर्ना हुनका लागि तयार हुनुहोस् ।

दिमागमा रक्त सञ्चारको कमीः

रगतमा अक्सीजनको कमीले दिमागसम्म पुग्ने रक्त सञ्चारलाई पनि प्रभावित पार्छ । साथै, यस्ता थुप्रै ‘कोर ब्लड वेसेल्स’ पनि प्रभावित हुन्छन् जसले न्यूरोलोजिकल फङ्सनलाई नियन्त्रण गर्छ । यस्तो हुँदा बिरामी अलमल्लमा पर्ने, रिँगटा लाग्ने, बेहोशी, एकाग्रतामा कमी र दृश्य विकार पनि हुनसक्छ ।

सोसल मिडियामा यो पनि दाबी गरिँदै छ कि बाफ लिँदा कोरोनाभाइरस नष्ट हुन्छ र सास फेर्न सहज हुन्छ । यसका लागि मानिसहरु पानीमा विभिन्न प्रकारको तेल हालेर बाफ लिइरहेका छन् । यद्यपि, स्वास्थ्य विज्ञ भने यसमा कुनै वैज्ञानिक प्रमाण नभएको बताउँछन् । स्वास्थ्य विज्ञका अनुसार लगातार बाफ लिँदा गला र फोक्सो बीचको नलीमा क्षती पुग्न सक्छ जसले कोरोनाको लक्षणलाई थप गम्भीर बनाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप