‘फ्लोर क्रस’गरेका कर्णालीका चारको सांसदको पद गयो
सुर्खेत । पार्टीको ह्वीप विपरित ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकारलाई जोगाउन लागेका कर्णालीका चारजना सांसदको पद औपचारिक रुपमा गएको छ ।
एमालेको निर्देशन विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत उनीहरुले दिएका थिए ।
सांसद पद जानेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । प्रकाश ज्वाला बाहेक अन्य तीन जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरिसकेका छन् ।
यसअघि आईतबार एमाले संसदीय दलले चार सांसदले दल त्याग गरेको सूचना प्रदेशसभामा दर्ता गरेको थियो । सो पत्र सोमबार प्रदेश सभामा सुनाउँदै सभामुख शाहीले चार सांसदको पद रिक्त रहेको बताएका हुन् ।
माओवादीले पनि आफ्ना एक जना सांसदलाई कारबाही गरिसकेको छ । अब कर्णाली प्रदेश सभामा सांसदहरुको संख्या ३७ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण