निषेधाज्ञामा पनि सेयर बजार खुल्ने भएपछि लगानीकर्तामा आशा
काठमाडौं । मंगलबार सेयर बजार सकारात्मक देखिएको छ । सोमबार निषेधाज्ञाको हल्लाले आतिएका लगानीकर्तामा आश देखिएपछि मंगलबारको बजारमा बृद्धि देखिएको छ । बजार ९२.४६ अंकले बढेर २५९९.७ बिन्दुमा अडिएको छ । तर कारोबार रकम भने खुम्चिएको छ । मंगलबार ५ अर्ब १० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सबै समूहमा हरियाली छाएको छ ।
आज अपर तामाकोशीको सेयरले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ४७ रुपैयाँ पुगेको छ । दोस्रो बढी कमाउनेमा विशाल बजार कम्पनी रहेको छ । यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता सेयर मूल्य ४ हजार २ सय १५ रुपैयाँ रहेको छ ।
कारोबार रकमको आधारमा पनि अपर तामाकोशी हाइड्रोपावर नै अगाडि छ । यसको २३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा निफ्रा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण