सगरमाथा सफाई अभियानलाई खुकुरी थ्री एक्स रमको सहयोग
काठमाडौं । खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरी प्रा.लि.ले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ । खुकुरी रमले नेपाली सेनालाई यस अभियानमा सघाउने बताएको हो ।
यो कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरी, पुमोरि, अमादब्लम र सबैभन्दा महत्वपूर्ण विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरहरु र त्यसको सेरोफेरोको सरसफाई गर्ने लक्ष्य राखेको छ । खुकुरी रमले नेपालका पवित्र हिमालयहरूको संरक्षणको लागि सार्थक भूमिका खेल्ने कम्पनीले जनाएको छ ।
११ अप्रिल २०२१ बाट थालनी हुने अभियान जुन ५ अर्थात विश्व वातावरण दिवसको दिनसम्म कायम रहने पनि कम्पनीले जनाएको छ ।
६ वटा हिमालयहरूमा फ्याँकिएका करिब ७० हजार केजी तौल बराबरका उपयोग विहीन उपकरणहरु, खाद्यान्न सामग्रीका भाँडाहरू, पालहरु, तथा क्यानहरुका फोहोरहरु संकलन गर्ने र त्यसलाई काठमाडौंमा पु¥याउने लक्ष्य अभियानको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण