शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सगरमाथा सफाई अभियानलाई खुकुरी थ्री एक्स रमको सहयोग

मङ्गलबार, १४ वैशाख २०७८, २० : ११
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । खुकुरी रमका उत्पादक द नेपाल डिस्टिलरी प्रा.लि.ले नेपाली सेनाको अगुवाइमा सम्पन्न हुन लागेको स्वच्छ हिमालय कार्यक्रम २०२१ मा आफ्नो साझेदारीको उद्घोष गरेको छ । खुकुरी रमले नेपाली सेनालाई यस अभियानमा सघाउने बताएको हो । 

यो कार्यक्रमले ल्होत्से, मकालु, धवलागिरी, पुमोरि, अमादब्लम र सबैभन्दा महत्वपूर्ण विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरहरु र त्यसको सेरोफेरोको सरसफाई गर्ने लक्ष्य राखेको छ । खुकुरी रमले नेपालका पवित्र हिमालयहरूको संरक्षणको लागि सार्थक भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

११ अप्रिल २०२१ बाट थालनी हुने अभियान जुन ५ अर्थात विश्व वातावरण दिवसको दिनसम्म कायम रहने पनि कम्पनीले जनाएको छ ।

६ वटा हिमालयहरूमा फ्याँकिएका करिब ७० हजार केजी तौल बराबरका उपयोग विहीन उपकरणहरु, खाद्यान्न सामग्रीका भाँडाहरू, पालहरु, तथा क्यानहरुका फोहोरहरु संकलन गर्ने र त्यसलाई काठमाडौंमा पु¥याउने लक्ष्य अभियानको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप