बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भेटियो  सूर्यभन्दा तीन गुणा ठूलो तर सबैभन्दा सानो ब्ल्याक होल

बुधबार, १५ वैशाख २०७८, ११ : २७
बुधबार, १५ वैशाख २०७८

खगोलविद्ले पृथ्वीको सबैभन्दा नजिकको एउटा ब्ल्याक होल खोजेका छन् । यो सानो ब्ल्याक होल पृथ्वीबाट करिब १५०० प्रकाश वर्ष टाढा छ ।  यसलाई युनिकर्न (Unicorn ) नाम दिइएको छ ।   यो  ब्ल्याक होल मोनोसेरोस ( Monoceros ) तारामण्डलमा  स्थित छ । यसको द्रव्यमान सूर्यभन्दा तीन गुना बढी छ । खोज टिमका टिम लिडर थरिङ्डु जयसिङ्घेका अनुसार यो एकदमै अनौठो भएकोले यसको  नाम युनिकर्न राखिएको हो ।

आहायो स्टेट युनिभर्सिटीका एस्ट्रोनोमीका विद्यार्थी जयसिङ्घेका अनुसार यो ब्ल्याक होलको साथमा एउटा रातो तारा पनि छ । यो ताराको जीवन समाप्त हुँदैछ । यस तारालाई  दुई भिन्न उपकरणले अवलोकन गरिएको थियो । यसको  डेटासेटको विश्लेषण गर्दा टिमले ताराको प्रकाशमा कमी आएको  देखेको थियो  ।

यसबाट कुनै अब्जेक्टले गर्दा  यसको आकार बदलिन्छ भन्ने निष्कर्ष आयो  । ताराको गति तथा प्रकाशका आएको कमीका कारण टिमले यो अब्जेक्ट ब्ल्याक होल  हो भन्ने नतिजा निकालेको छ ।

लाइभ साइन्सको रिर्पोटका अनुसार यो अहिलेसम्मको यो दुई  क्वासर (Quasars ) को सबैभन्दा पुरानो अब्जर्भेसन हो । अहिलेसम्म सयभन्दा धेरै 'डबल  क्वासर'  खोजि गरिसकिएको छ । यो सबै भन्दा  पुरानो मानिएको छ  । यसै अनुसन्धानमा १० अरब वर्ष पुरानो अर्को एउटा 'डबल क्वासर'    को 'डिटेक्सन' गरिएको कुरा पनि गरिएको छ । युनिभर्सिटी अफ इलियाइका लिड रिसर्चर यु सेनका अनुसार ब्रम्हाण्डमा हरेक एक हजार क्वासरमा एउटा डबल क्वासर  हुने गर्छ ।    यसकारण यस खोजीलाई  बालुवामा सियो भेटिए झैं मानिएको छ ।

यस खोजको लागि वैज्ञानिकले टाढा ब्रम्हाण्डमा फोकस गरेका थिए । दश अरब वर्ष पहिले तिव्रताका साथ तारा बन्ने गर्थे । त्यतिबेला  अब्जेक्ट्समा विलय अत्यधिक हुने गर्दथ्यो । यसरी विलय पछि निस्कने  पदार्थ ग्यालेक्सीको केन्द्रमा हुने ब्ल्याक होलमा समाहित हुने गर्थ्यो । यस म्याटरलाई खाएर ब्ल्याक होलबाट रेडिएशन निक्लने गर्दथ्यो । र, यसै प्रक्रियाले क्वासर बन्ने गर्थ्यो । यसको चमक ग्यालेक्सी भन्दा पनि बढी हुन्छ ।

         

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप