नेकपा मालेले दियो सरकारलाई सुझाव
काठमाडौं । नेकपा मालेले कोरोना संक्रमणको अवस्था भयावह हुँदै गएको जनाउँदै सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा उपलव्ध गराउन सरकारलाई ९ बुँदे सुझाव दिएको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो सुझाव दिएका हुन् ।
यस्ता छन् सुझाव
(क) नेपालका सबै अस्पतालहरुमा आवश्यक जनशक्ति सहित बेड, औषधी, भेन्टीलेटर, आइसियु तथा अक्सिजनको पर्याप्त ब्यवस्था मिलाउन सरकारले सर्वोच्च प्राथमिकता देओस् तथा कोरोना जाँच तीब्र बनाइयोस्, (ख) कोरोना पीडित सर्वसाधारणहरूको निम्ति सहज, सुलभ र मापदण्डको आधारमा निशुल्क उपचारको ब्यवस्था गरियोस्, (ग) कोरोना विरुद्ध खोपको ब्यवस्थापन गर्न अति–कोरोना प्रभावित मुलुक–भारतको भरमा रहेर ‘केही गर्दै गरेको’ भ्रम जनतामा छर्नुभन्दा सहयोगको प्रस्ताव गर्ने सङ्घीय रुस, समाजवादी चीन, जापान आदिसँग सहकार्य गर्न सरकार सकृय बनोस्, (घ) लकडाउन वा निषेधाज्ञा लगाए पछि त्यसबाट सबभन्दा बढी प्रभावित हुने मजदुर, विधार्थी तथा शहरीया गरिबहरुको निम्ति गाँस–बास तथा औषधी उपचारका निम्ति सरकारले समुचित ब्यवस्था गरोस्,
(ङ) नेपाल–भारत सिमानालाई कडाइका साथ नियमन गरियोस्, (च) भारत प्रवासबाट र वैदेशिक रोजगारीबाट आउने नेपाली नागरिकको निम्ति प्रबेश–कालदेखि नै स्वास्थ–सुरक्षाको राम्रो ब्यवस्था गर्न र नेपालमै आवश्यक रोजगारीको ब्यवस्था गरी युवा जनशक्तिलाई मुलुकभित्रै सकृय बन्ने वातावरण निर्माण गर्न उच्च प्राथमिकता दिओस्, (छ) आगामी आ.व.२०७८/०७९ को बजेटमा कृषिको विविधीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै कृषि–उत्पादनमा आत्म–निर्भर हुने नीति तथा बजेटको ब्यवस्था गरियोस् ।
यसको साथै यो बैठक (ज) भुक्तभोगी नेपाली जनतामा भाइरस–संक्रमण सम्बन्धी सरकारका घोषित स्वास्थ–मापदण्डहरुको पालना गर्नुका साथै ब्यक्तिगत सावधानी र सरसफाइमा आवश्यक ध्यान दिन आह्वान गर्छ, र (झ) पार्टी केन्द्रीय कमिटी नेकपा (माले) का नेता गण र सम्पूर्ण पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक जनचेतना जगाउन तथा प्रभावित ब्यक्ति तथा परिवारलाई सहयोग पु¥याउने हेतुले जनसेवा सम्बन्धी जन कार्यमा लाग्न समेत निर्देश गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण