कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय अंक ‘आईएसआईएन’ प्रदान
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (केएसकेएल डिबेन्चर २०८७) ले अन्तराष्ट्रिय स्तरको परिचय अंक (इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन ‘आईएसआईएन’) प्राप्त गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको बैंकले जनाएको छ । ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई एनपीई०६८ए११०१ को आईएसआईएन प्रदान गरिएको छ ।
गत पुस २२ गते निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले २०७८ बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । आईएसआईएन ऋणपत्रलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ र फुकुवा गर्न प्रदान गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण