रौतहटमा १६५ शैयाको आइसोलेसन सञ्चालनको तयारी
बिहीबार, १६ वैशाख २०७८, २२ : २४
रौतहट । कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटमा १६५ शैया क्षमताको ३ आइसोलेसन केन्द्र सञ्चालनको तयारी थालिएको छ । जिल्लामा संक्रमितको संख्या एक सय नाघेको र संक्रमित सबैजना होम आइसोलेसनमै बसेकाले तत्काल व्यवस्थित आइसोलेसनको तयारी थालिएको हो ।
आइतवार सम्म तीनवटै आइसोलेसन सेन्टर सञ्चालनमा आउने रौतहटका सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन् । चन्द्रनिगाहपुरमा ४० बेड, थरहरीमा १ सय बेड र गौरमा २५ बेड गरी ३ ओटा संस्थागत आइसोलेसन सेन्टर सञ्चालनमा आउने सिडिओ यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु