बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

थप अक्सिजन सिलिन्डर ल्याउन 'एयर लिफ्ट’ गर्नुपर्ने सुझाव

शुक्रबार, १७ वैशाख २०७८, ०६ : ४२
शुक्रबार, १७ वैशाख २०७८

कोरोना  सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहँदा यतिबेला सङ्क्रमितका लागि अक्सिजनको प्रयोग भने असामान्य रूपमा बढेको छ ।

सामान्य दिनमा एउटा अस्पतालबाट दैनिक औसत डेढ दर्जन अक्सिजन सिलिन्डरको माग हुने गरेकोमा अहिले दुई सयवटासम्म सिलिन्डरको माग आउन थालेको अक्सिजन उत्पादकहरू बताउँछन् ।

यस्तो परिस्थितिमा नेपालमा उपलब्ध प्रायः सबै सिलिन्डर प्रयोगमा आइसकेकाले थप  सिलिन्डर ल्याउन एयर लिफ्ट’  गर्नुपर्ने उत्पादकहरूको भनाइ छ ।

अक्सिजन उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि  त्यसलाई भर्न आवश्यक  सिलिन्डर भने अब अभाव  हुन थालेको अक्सिजन ग्यास उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमिल्सिनाले बताए ।

अक्सिजनभन्दा पनि सिलिन्डरको अभावले भविष्यमा मागअनुसारको आपूर्तिमा  समस्या पर्ने भएकाले  यसमा  सरकारले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ ।  

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप