तमिल फिल्म निर्देशक केवी आनन्दको निधन
शुक्रबार, १७ वैशाख २०७८, १२ : ०५
तमिल फिल्म निर्देशक तथा छायाँकार केवी आनन्दको निधन भएको छ । ५४ वर्षका आनन्दको ३० अप्रिलमा निधन भएको हो । चेन्नईमा रहेका आन्नदको निधनको कारण हृदयघात बताइएको छ ।
आनन्दले आफ्नो करियरको सुरुवात फोटो पत्रकारबाट गरेका थिए । उनले चर्चित छायाँकार पीसी श्रीरामसँग गोपुरावसालिले, मीरा, देवर मगन, अमरान र थिरुदा थिरुदा जस्ता फिल्ममा सहयोगी छायाँकारको भुमिका निर्वाह गरेका थिए ।
१९९४मा उनले एक मलयालम फिल्ममा पनि काम गरेका थिए । जसको कारणले उनलाई राष्ट्रिय पुरस्कार समेत मिलेको थियो ।
आनन्दले २००५मा निर्देशनमा डेब्यु गरेका थिए । २००८ मा उनले आयान बनाएका थिए । एक्सन इन्टरटेनमेन्ट फिल्म सुपरहिट फिल्ममा सुर्या र तमन्नको मुख्य भूमिका रहेको थियो । आनन्दले मत्रराण, अनेगन, कवन और कप्पन जस्ता फिल्ममा समेत काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण