निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने
काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमुख शहरहरुमा जारी निषेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ । सरकारले निषेधाज्ञा जारी गरेको हुनाले निषेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले पनि सुन आयात हुन कठिनाई भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । उनले अधिकांश स्थानको व्यवसाय नै बन्द रहेको, ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेको, मोफसलका केही जिल्ला र शहरहरु मात्र खुलेको हुनाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए ।
विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तविक व्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत वर्षको बन्दमा झण्डै ५०० किलो सुन बैंकमा थुप्रिए पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो । तर त्यो सुन कहाँ गयो भन्ने तथ्याङ्क महासंघसँग नै छैन । यसर्थ फेरि पनि त्यसरी सुन गायव नहोस् भन्नेतर्फ महासंघ सचेत बनेको छ ।
सामान्यतया बैंकहरुबाट आयात हुने सुन १५ दिनपछि व्यवसायीको सिफारिस विना नै बैंकहरुले बिक्री गर्ने गरेको र सो को तथ्याङ्क माग गर्दा महासंघलाई तथ्याङ्क नै प्राप्त नभएको पाइन्छ । यसरी बिक्री गरिँदा त्यस्तो सुन सिमित व्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा विभाजित भएपछि मधेश प्रदेश सरकार संकटमा, माओवादी छलफल गर्दै
-
बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ
-
बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
-
बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ
-
ब्राजिलमा बाढीका कारण सयभन्दा धेरैको मृत्यु, एक लाख घर ध्वस्त