यस्तो छ प्रदेश १ मा कोरोना संक्रमितको उपचारका लागि तयार भएको अस्पताल (फोटोफिचर)

विराटनगर । कोरोना संक्रमितको उपचारका लागि तयार भएको पाँच महिनापछि नागरिक केयर सेन्टर आजबाट सञ्चालन आएको छ । प्रदेश १ सरकारले हस्तान्तरण भएको पाँच महिनापछि कोरोना संक्रमितको उपचार गर्न ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा ल्याएको हो ।
केयर सेन्टरमा कोराना संक्रमितलाई भर्ना लिई आजबाटै सेवा सुचारु गरिने बताइएको छ । प्रदेश सरकारलाई सो केयर सेन्टर पाँच महिना अघि नै हस्तान्तरण गरिएको थियो । कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा पहिलो लहर शुरु हुँदै निर्माण भएको संरचना उ बेला संक्रमित शून्यमा झरेपछि सञ्चालनमा आउन सकेको थिएन । प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल ९ करोडको संयुक्त लगानी रहेको सो अस्पताल कोरोना उपचारका लागि तयार भएको थियो ।
विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङसहितका सामाजिक संघसंस्थाको अगुवाईमा नागरिक केयर सेन्टर स्थापना गरी प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री शेरधन राईले शुक्रबार औपचारिक निरीक्षण गरी संक्रमितको उपचार प्रारम्भ गर्न निर्देशन दिएका छन् ।
कोसी कोभिड १९ उपचार केन्द्रसँगै दोश्रो ब्लकमा रहेको नागरिक केयर सेन्टरमा अक्सिजन सुविधासम्पन्न ८३ बेड छन् । तीमध्ये नै २१ वटा भेन्टिलेटर जडान गरिएको छ । बाँकी नर्मल बेड छन् । यसैगरी कोसी कोभिडमा हाल ३२ वटा बेड सुविधा छ । अक्सिजन सहितका बेड अभाव हुँदा उपचार केन्द्रले थप संक्रमित भर्ना गरी उपचार गर्न कठिन हुँदै आएको थियो । मुख्यमन्त्री राईले नागरिक केयर सेन्टरमा अक्सिजन, भेन्टिलेटरको सहयोग चाहिने प्रकृतिका बिरामीलाई मात्र भर्ना लिएर संक्रमितको उपचारमा जुट्न अस्पताल प्रशासन एव त्यहाँ कार्यरत चिकित्सकको टोलीलाई आग्रह गरेका छन् ।
सामाजिक विकास मन्त्री उषाकला राईले नागरिकको जीवन बचाउन सरकार चिन्तित रहेको र सोही अनुरुप काम गर्दै जाने बताइन् । मन्त्री राईले केयर सेन्टरका लागि आवश्यक जनशक्तिको प्रबन्ध मिलाइएको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता
-
कर्णाली प्रदेश सभा : प्रमुख प्रतिपक्ष दलका सांसद नआएपछि संसद् स्थगित
-
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी
-
निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोज्योः बर्तौला
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए