यस्तो छ प्रदेश १ मा कोरोना संक्रमितको उपचारका लागि तयार भएको अस्पताल (फोटोफिचर)
विराटनगर । कोरोना संक्रमितको उपचारका लागि तयार भएको पाँच महिनापछि नागरिक केयर सेन्टर आजबाट सञ्चालन आएको छ । प्रदेश १ सरकारले हस्तान्तरण भएको पाँच महिनापछि कोरोना संक्रमितको उपचार गर्न ९६ बेडको नागरिक केयर सेन्टर सञ्चालनमा ल्याएको हो ।
केयर सेन्टरमा कोराना संक्रमितलाई भर्ना लिई आजबाटै सेवा सुचारु गरिने बताइएको छ । प्रदेश सरकारलाई सो केयर सेन्टर पाँच महिना अघि नै हस्तान्तरण गरिएको थियो । कोरोना हटस्पट बनेको प्रदेश राजधानी विराटनगरमा पहिलो लहर शुरु हुँदै निर्माण भएको संरचना उ बेला संक्रमित शून्यमा झरेपछि सञ्चालनमा आउन सकेको थिएन । प्रदेश सरकार र नागरिक केयर सेन्टरको कुल ९ करोडको संयुक्त लगानी रहेको सो अस्पताल कोरोना उपचारका लागि तयार भएको थियो ।

विराटनगर महानगरपालिका, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङसहितका सामाजिक संघसंस्थाको अगुवाईमा नागरिक केयर सेन्टर स्थापना गरी प्रदेश सरकारलाई सञ्चालनको जिम्मेवारी दिइएको हो । मुख्यमन्त्री शेरधन राईले शुक्रबार औपचारिक निरीक्षण गरी संक्रमितको उपचार प्रारम्भ गर्न निर्देशन दिएका छन् ।
कोसी कोभिड १९ उपचार केन्द्रसँगै दोश्रो ब्लकमा रहेको नागरिक केयर सेन्टरमा अक्सिजन सुविधासम्पन्न ८३ बेड छन् । तीमध्ये नै २१ वटा भेन्टिलेटर जडान गरिएको छ । बाँकी नर्मल बेड छन् । यसैगरी कोसी कोभिडमा हाल ३२ वटा बेड सुविधा छ । अक्सिजन सहितका बेड अभाव हुँदा उपचार केन्द्रले थप संक्रमित भर्ना गरी उपचार गर्न कठिन हुँदै आएको थियो । मुख्यमन्त्री राईले नागरिक केयर सेन्टरमा अक्सिजन, भेन्टिलेटरको सहयोग चाहिने प्रकृतिका बिरामीलाई मात्र भर्ना लिएर संक्रमितको उपचारमा जुट्न अस्पताल प्रशासन एव त्यहाँ कार्यरत चिकित्सकको टोलीलाई आग्रह गरेका छन् ।

सामाजिक विकास मन्त्री उषाकला राईले नागरिकको जीवन बचाउन सरकार चिन्तित रहेको र सोही अनुरुप काम गर्दै जाने बताइन् । मन्त्री राईले केयर सेन्टरका लागि आवश्यक जनशक्तिको प्रबन्ध मिलाइएको पनि बताइन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण