हरप्रितले खतरनाक तीन ब्याट्सम्यानलाई निसाना बनाएपछि बेंग्लोर पराजित
अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार हरप्रित ब्रारले रोयल च्यालेन्जर बेंग्लोरका तीन खतरनाक ब्याट्सम्यानलाई निसाना बनाएपछि पञ्जाव किङ्ग्सले सहज जित हासिल गरेको छ । जारी सिजनमा खराब फर्ममा रहेको पञ्जावले लय समात्दै बेंग्लोरलाई ३४ रनले पराजित गरेको हो ।
टस जितेर पहिला फिल्डिङ रोजेको बेंग्लोरले पञ्जावका ब्याट्सम्यानलाई रनको रफ्तारबाट रोक्न भने सकेन । बेंग्लोरका बलरमाथि हावी हुँदै पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७९ रन बनायो । पञ्जावका लागि कप्तान केएल राहुलले ५७ बलमै ९१ रन बनाए । यस्तै क्रिस गेलले २४ बलमा ४६ हरप्रित ब्रारले २५ रन बनाए ।
१८० रनको लक्ष्यसहित मैदानमा उत्रिएको बेंग्लोरका ब्याट्सम्यानलाई हरप्रितले सही समयमा निसाना बनाएर रनको रफ्तारमा ब्रेक लगाइदिए । उनले ११ औं ओभरमा चमत्कारपूर्ण प्रदर्शन गर्दै लगातार दुई बलमा दुई खतरनाक ब्याट्सम्यानलाई पवेलियन फर्काए । उनले विराट कोहली र ग्लेन म्याक्सवेललाई लगातार बलमा आउट गरेका हुन् ।
१३ औं ओभरमा उनले अर्का खतरनाक बलर एबी डेभिलियर्सलाई केएल राहुलको हातमा क्याच गराए । बेंग्लोरका लागि कोहलीले ३५, रजत पाटिदारले ३१ र हर्षल पटेलले ३१ रन बनाए ।पञ्जावका बलरको कसिलो प्रदर्शनका कारण बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रनमात्र बनाउन सक्यो ।
जितसँगै पञ्जावले अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं नम्बरमा पुगेको छ । बेंग्लोर भने तेस्रो स्थानमा कायम छ । सात खेल खेलिसकेको बेंग्लोरको यो दोस्रो पराजय हो भने समान खेलमा पञ्जावको भने यो तेस्रो जित हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण