पोर्चुगलमा नेपाली ठग्नेलाई कारवाही गर्न माग
पोर्चुगलमा नेपाली नागरिकमाथि नेपालीबाटै भएको ठगीप्रति गैर आवासीय नेपाली संघ,प्रवासी नेपाली मञ्च, प्रवासी नेपाली एकता मन्च, र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका प्रतिनिधिहरुले भत्र्सना गरेका छन् ।
चारवटै संस्थाका अध्यक्षहरु क्रमश हरी न्यौपाने, चन्द्रकान्त आचार्य, सागर पोख्रेल र शेरबहादुर तुम्बापोले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका सदस्य तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुँवरले चलाएको लक्ष्मी ट्राभल एजेन्सी लिजवनले नक्कली हवाई टिकट जारी गरी सयौँ नेपाली श्रमिकहरुलाई ठगेर अलपत्र पारेको पुष्टि भएको समेत उल्लेख छ ।
अनैतिक, गैर जिम्मेदार र निम्न पूँजीवादी दलाल मानसिकताले प्रेरित उक्त ठगी घटनाका मुख्य दोषी कुँवर र संलग्न अन्यलाई समेत कडा भन्दा कडा कार्वाही गर्न उनीहरुले विज्ञप्तिमार्फत माग गरेका छन् ।
‘पीडितलाई कानूनी न्यायसहित उचित क्षतिपूर्ति दिलाउन आवश्यक कानूनी कार्वाहीका निम्ती पहल गर्न आग्रह गर्दै न्यायका पक्षमा हुने संघर्षमा हाम्रो पूर्ण एक्यबद्धता र समर्थन ब्यक्त गर्दछौ’, जारी विज्ञप्तिमा भनिएको छ ।
प्रवासमा श्रमिकहरुमाथि हुने यस प्रकारका अमानवीय शोषणका नाइके, तिनका मतियार तथा तिनलाई संरक्षण गर्ने प्रवृत्तिविरुद्ध एकजुट हुन पोर्चुगल लगायत युरोपमा रहेका सवै नेपालीमा उनीहरुको अपिल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण