पहिलोपटक भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात
नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न थालेको हो ।
प्राधिकरणले केही समयअघि भारतको ऊर्जा मन्त्रालयबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा प्रवेश गर्न अनुमति दिएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर प्राधिकरणले प्रतियुनिट ३ दशमलव ८१ भारतीय रुपैयाँमा २०० देखि २५० मेगावाटसम्म विद्युत् ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरेको हो ।
यससँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । पहिलेदेखि नै तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत् खरीद गर्न प्राधिकरण सफल भएको उनको भनाइ छ ।
‘प्राधिकरणले पहिलोपटक भारतीय बजारले निर्धारण गरेको दरमा विद्युत् खरीद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारू ३७ पैसा सस्तो परेको छ,’ उनले भने । प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४ दशमलव १८ भारू छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै विद्युत् यही प्रसारण लाइनमार्फत आयात गरिरहेको छ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण