चम्कियो सेयर बजार
काठमाडौं । आइतबार सेयर बजारमा उछाल देखिएको छ । निषेधाज्ञामा विभिन्न क्षेत्र बन्द भएसँगै सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण देखिन्छ । सेयर बजार ५४ अंकले बढेको छ । बजार समग्रमा २.०७ प्रतिशतले बढेको हो । यस दिन सेयर बजार २६६५.१० बिन्दुमा अडिएको छ । आइतबार ७ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह हरियाली छ ।
तीनवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ । महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर यसको सेयर मूल्य ३ हजार ४ सय ३७ रुपैयाँ कायम भएको छ । यता विशाल बजार कम्पनीको सेयर मूल्य पनि यहि अनुपातमा बढेको छ । यसको सेयर मूल्य ५ हजार ६ सय ८ रुपैयाँ कायम भएको छ । यता सिंगटी हाइड्रोको सेयर मूल्य पनि ९.९२ प्रतिशतले बढेर ३ सय ९९ रुपैयाँ कायम भएको छ ।
खरिद बिक्री रकममा ४२ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अगाडि छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा नेपाल टेलिकम रहेका छन । २२६ कम्पनीको १ करोड ५८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण