पुनर्गठित लुम्बिनी प्रदेश सरकारको पहिलो निर्णय: कोरोना उपचार कोषमा १० करोड
सोमबार, २० वैशाख २०७८, ०० : २७
बुटवल । पुनर्गठित लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद पहिलो बैठकले कोरोना उपचार कोषमा १० करोड रुपैया थप गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेशका ४ वटा कोरोना अस्पतालमा जनशक्ति दरवन्दी थप गर्ने निर्णय समेत गरेको छ ।
बैठकले भैरहवास्थित भीम अस्पतालमा ७१ जना, बेलझुण्डीस्थित राप्ती कोरोना विशेष अस्पतालमा १७१ जना, लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १८९ जना र भेरी अस्पताल नेपालगञ्जमा १५२ जना गरी जम्मा ५८३ जनाको अस्थायी दरबन्दी समेत स्वीकृत गरेको छ । बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले कोरोना उपचार कोषमा १० करोड र अस्पतालहरुमा अस्थायी दरबन्दी थप्ने निर्णय भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण