गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा २०३ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बाग्लुङमा सबैभन्दा बढी ७१ जना र पोखरामा ४६ सहित गण्डकीमा २०३ जनमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ३९ जना, गोरखामा २१,स्याङजामा १४, पर्वतमा ५, मनाङका ३, लमजुङ र तनहुँका २.२ जनामा रहेका छन् । गण्डकी प्रदेशमा आइतबार अहिलेसम्मकै धेरै ५७६ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये पोखरामा मात्र ३६८ जना संक्रमित भेटिएका थिए ।
प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ४ सय २४ पुगेका छन् । त्यस्तै २४ घण्टामा प्रदेशभर ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ९ रहेको छ । हाल प्रदेशभर २ हजार १८३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण २ सय ३२ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण