साउदी अरबसँग वार्ताका लागि इरान तयार
सोमबार, २० वैशाख २०७८, २३ : १७

एजेन्सी । इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए ।
“स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुर्याउँछ,” खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, “वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउन सकिने र यसले जटिल समस्याहरूलाई हल गर्न सहयोग गर्छन् ।”
यस क्षेत्रका देशहरू, इरान र साउदी अरेबिया बीचको वार्ताले खाडी क्षेत्रलाई शान्ति, स्थायित्व र प्रगतिको मार्गमा अघि बढाउने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीले राज्यको मूल प्रवाहमा महत्त्वपूर्ण स्थान ओगटेको छ : मन्त्री ठकुरी
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
-
रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प