साउदी अरबसँग वार्ताका लागि इरान तयार
सोमबार, २० वैशाख २०७८, २३ : १७
एजेन्सी । इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए ।
“स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पुर्याउँछ,” खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, “वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउन सकिने र यसले जटिल समस्याहरूलाई हल गर्न सहयोग गर्छन् ।”
यस क्षेत्रका देशहरू, इरान र साउदी अरेबिया बीचको वार्ताले खाडी क्षेत्रलाई शान्ति, स्थायित्व र प्रगतिको मार्गमा अघि बढाउने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण