१ लाख ३० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति
औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ । कोभिड – १९ का गम्भीर बिरामीलाई प्रयोग हुने औषधि रेम्डेसिभिर तीन हजार भाइल मंगलबार काठमाडौँ आइपुग्ने औषधि विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।
हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने उनले बताए ।
कोरोना संक्रमित गम्भीर बिरामीको संख्या बढ्दै गएपछि रेम्डेसिभिर औषधिका कालोबजारी बढ्नुका साथै माग ह्वात्तै बढेको छ । यद्यपि, रेम्डेसिभिर औषधिको माग बढेपछि संक्रमित बिरामीमा खासै सकारात्मक प्रभाव नपारेको अध्ययनहरुले देखाएको छ ।
यस्तै बुधबार पनि ४ हजार भाइल रेम्डेसिभिर औषधि नेपाल आइपुग्ने प्रवक्ता केसीले बताए । विभागले कोभिडकै बिरामीलाई प्रयोग हुने अर्को इन्जेक्सन टोसिलीजुमाव आयात गर्न अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण