बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु
मङ्गलबार, २१ वैशाख २०७८, १४ : ४३
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । उनकाअनुसार कपिलवस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बैशाख १७ गते कोरोना पोजेटिभ रिपोर्ट आएका ती पुरुष सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ । त्यस्तै अस्पतालमा सैनामैना –१ मुर्धानीका ३२ वर्षीय युवकको पनि मृत्यु भएको छ । उनी कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालमा उपचारर गर्दै आएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको डा. गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण