लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना संक्रमितको मृत्यु
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।
मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मंगलबार बिहान ४ बजेर ५ मिनेट जाँदा रुपन्देहीको सैनामैना नगरपालिका–३ की ६९ वर्षीय महिलाको मृत्यु भयो ।
त्यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिलाको मृत्यु भएको थियो भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको डा. गौतमले जनाए ।
त्यस्तै मंगलबार राति १० बजे बुटवल उपमहानगरपालिका १२ का ४७ वर्षीय पुरुषको मृत्यु भएको थियो । रुपन्देहीकै बुटवल–९ की ५४ वर्षीय महिलाको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको थियो भने त्यसको ५ मिनेटपछि तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीय महिलाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण