कोरोना संक्रमणका कारण अभिनेत्री श्रीपदाको मृत्यु
मुम्बई । बलिउड अभिनेत्री श्रीपदाको कोरोनाको कारण निधन भएको छ । उनका जनरल सेक्रेटरी अमित बहले श्रीपदाको निधन पुष्टि गरेका छन् । ‘कोरोना महामारीको दोस्रो लहर निकै घातक साबित भयो । यसले कयौं मानिसको ल्यान लिएको छ’ बहलले भनेका छन् फिल्म उद्योगका पनि कयौं मानिसको ज्यान गएको छ । यसमा श्रीपदा पनि सामेल भएकी छन् ।’
बहलले थपेका छन्, ‘श्रीपदाले दक्षिण भारतीय र हिन्दी फिल्महरुमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । दुःखको कुरो हामीले एक राम्रो अभिनेत्री गुमाएका छौ । भगवानसँग प्राथना गर्दछु । उनको आत्मालाई शान्ति मिलोस्
।’
श्रीपदाको निधनमा दक्षिण भारतीय एक्टर रवि किशनले पनि दुःख ब्यक्त गरेका छन् । उनले रविको साथ ‘हम तो हो गए नि तोहार’ मा काम गरेकी थिइन् । श्रीपदा श्रीप्रदाका नामबाट परिचित रहेकी थिइन् । श्रीपदाले १९७८ मा अभिनय करियर सुरु गरेकी थिइन् । उनले शोले और तुफान, आग और चिन्गारी, मेरी ललकार, शैतानी, पुराना पुरुष, धर्म संकट, बेवफा सनम र आजमाइश जस्ता फिल्ममा काम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण