कर्णालीमा थपिए ५ सय बढी संक्रमित, ८ जनाको मृत्यु
सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटी–पीसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ सय ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
आरटी–पीसिआर विधिबाट परीक्षण गरिएका ६ सय १८ जनामध्ये ४ सय जनामा कोरोना पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिबाट गरिएको २ सय ६० जनाको परीक्षणमध्ये १ सय ३ जनामा कोेरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३९ जना डिस्चार्ज भएका छन् भने आइसोलेसनमा २ हजार ८ सय ८७ जना रहेका छन् । त्यस्तै २४ घण्टाको अवधिमा ८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ७२ वर्षीय पुरुष, सोही नगरपालिका १० का ४२ वर्षीय पुरुष, सोही वडाका ३६ वर्षीय पुरुष र लेकबेसी नगरपालिका–५ की ३८ वर्षीय महिला रहेका छन् ।
यस्तै सल्यानको छत्रेश्वर गाउँपालिका–६ की ६५ बर्षीय महिलाको पनि प्रदेश अस्पतालमै मृत्यु भएको निर्देशनालयका निर्देशक रविन खड्काले बताए । उनकाअनुसार दैलेख अस्पतालमा भैरवी गाउँपालिका –४ का ४६ वर्षीय एक पुरुष र सल्यान शारदा नगरपालिका–१ का ६७ वर्षीय पुरुषको जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको छ । उता जाजरकोटको भेरी नगरपालिका–४ की ४५ बर्षीय एक महिलाको नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये चार जनाको आरटी–पीसिआर र चार जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण