कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन
शुक्रबार, २४ वैशाख २०७८, १३ : ५९
काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ । कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालले २२ गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए ।
खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ । सोही समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । संसद सचिवालयले सांसद तथा कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि २२ गते नयाँ बानेश्वरमा उनले स्वाव दिएर गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण