बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिवको निधन

शुक्रबार, २४ वैशाख २०७८, १३ : ५९
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत कानुन उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट निधन भएको छ । कानुन मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालले २२ गते कोरोना परीक्षणका लागि स्वाव दिएका थिए । 

खनालको पत्थरीको उपचारका लागि हालै शल्यक्रिया गरिएको, मुटु सम्बन्धी स्वास्थ्य समस्या रहेको संसद सचिवालयले जनाएको छ । सोही समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । संसद सचिवालयले सांसद तथा कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि २२ गते नयाँ बानेश्वरमा उनले स्वाव दिएर गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप