हेटौँडा अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु
मकवानपुर । मकवानपुरमा थप २ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड वार्ड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ की ३७ वर्षीय महिला र वडा नम्वर ७ का ४० वर्षका पुरुष रहेका छन् । उच्च रक्तचापबाट पीडित उनीहरुको हेटौंडा अस्पतालको आइसीयु कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक महिलाको अपराह्न ४ः ४५ बजे र पुरुषको ५ः ३० बजे मृत्यु भएको डा.काफ्लेले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि मृतक महिला शुक्रबार उपचारका लागि अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएको र उनको स्वाबको नमुना परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै मृतक महिलालाई कोभिड वार्डको आइसीयू कक्षमा राखेर उपचार भइरहेको थियो ।
त्यस्तै मृतक पुरुष संक्रमण पुष्टि भएपश्चात उपचारका लागि बिहीबार अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । मृतक महिला र पुरुषको शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ । यसअघि हेटौंडा अस्पतालमा ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जसमा मकवानपुरका ६ जना, बाराका २ जना, रौतहटका १ जना र महोत्तरीका १ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण