चीनमा ३० करोड व्यक्तिलाई कोरोना खोप लगाइयो
एजेन्सी । चीनमा शुक्रवारसम्म ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको यो तथ्याङ्क कोभिड–१९ बाट विश्वव्यापीरूपमा सङ्क्रमित हुनेको सङ्ख्या १५ करोड ७५ लाखभन्दा बढी पुगेको र एशियामा यसको प्रभाव उच्च रहेका समयमा आएको हो ।
चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिक समक्ष पुर्याउने अभियानलाई तीब्र पारिरहेको छ । बुधवार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँच–दिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीब्रता दिँदै खोपहरू लगाइँदै आएको छ ।
शुक्रवार, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालिन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति दिएको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वको छैठौं खोप बनेको छ ।
“महामारी नियन्त्रणका लागि खोप एक आशाको किरण भएपनि स्वास्थ्य सावधानीलाई अपनाउनु नै सङ्कटमा स्वास्थ्य सुरक्षाका लागि उत्तम उपाय भएको,” महामारी नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्रका प्रमुख महामारी विज्ञ वु जुनयूले बताए ।
विश्वव्यापी रोग प्रतिरोधात्मक अवरोध छोटो अवधिमा हासिल गर्न नसकिने भएकोले धेरै देश र क्षेत्रहरूमा खोपको दर अपेक्षाकृत कम रहेको केन्द्रले हालसालै जारी गरेको एक जानकारीमा बताइएको छ । केन्द्रले खोपको साथै रोगबाट जोगिन आत्म–सुरक्षाका उपायहरू अझै महत्वपूर्ण रहेको कुरा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण