अनुपम खेरलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार
बलिउडका बरिष्ठ अभिनेता अनुपम खेरलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको छ । उनलाई छोटो फिल्म ‘ह्यापी बर्थडे’का कारणले ‘न्युयोर्क सिटी इन्टरनेशनल फिल्म फेस्टिवल’मा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको हो ।
आफुलाई पुरस्कार मिलेको कारण अभिनेताले खुसी समेत ब्यक्त गरेका छन् । उनले ट्वीट गरेका छन् ‘मेरो सट फिल्म ‘ह्यापी बर्थडे’को कारणले मलाई ‘न्युयोर्क सिटी इन्टरनेशनल फिल्म फेस्टिवल’मा बेस्ट अभिनेता अवार्ड पुरस्कार मिलेकोमा म एकदमै खुसी छु । यसलाई बेस्ट फिल्म अवार्ड पनि मिलेको छ ।’
उनले निर्माण युनिट पुरैलाई आभार पनि ब्यक्त गर्दै आहना कुमरलाई सर्मथनका लागि पनि सम्झिएका छन् ।’
फेस्टिभलमा अनुपम खेरको यो फिल्मलाई पनि सर्वश्रेष्ठ फिल्म अवार्ड मिलेको छ । ‘ह्यापी बर्थ डे’ यो बर्षको बहुप्रतिक्षित लघु फिल्म हो । फिल्ममा अनुपम खेर, अहाना कुमरलगायतको अभिनय रहेको छ । फिल्म प्रसाद कदमले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण